ऐश्वर्या र छोरी आराध्यामा पनि कोरोना संक्रमण

ऐश्वर्या र छोरी आराध्यामा पनि कोरोना संक्रमण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनपछि अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण देखिएको छ ।

सुरुवाती टेस्टमा अमिताभ र अभिषेकको मात्र पोजेटिभ रिपोर्ट आएको थियो । तर, दोस्रो पटक गरिएको टेस्टमा ऐश्वर्या र छोरी आराध्यामा पनि कोरोना पोजेटिभ पाइएको हो । अभिनेत्री जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको छ ।

बच्चन परिवारमा चार जनामा कोरोना संक्रमण देखिएपछि बलिउड तर्सिएको छ ।

अमिताभ र अभिषेकलाई मुम्बईस्थित नानावती अस्पतालको आइसोलेसनमा राखिएको छ । भने, ऐश्वर्या र आराध्या होम आइसोलेसनमा छन् ।

अमिताभलाई सास फेर्न समस्या र अभिषेकलाई हल्का ज्वोरो आएपछि दुवैले कोरोना टेस्ट गराएका थिए । त्यसपछि दुवैको रिपोर्ट पोजेटिभ आएको हो ।