संचारकर्मी ज्ञवालीको सर्ट-सिनेमा ‘लकडाउन’ रिलिज
Published On : 14 July, 2020 2:34 pm
द सिनेमा टाइम्स, काठमाडौँ – संचारकर्मी रामजी ज्ञवालीले आफ्नै लेखन र निर्देशनमा तयार सर्ट सिनेमा ‘लकडाउन’ सार्वजनिक गरेका छन् ।

लकडाउनको बेलामा प्रेमिकाले प्रेमीलाई गरिने आर्थिक सहयोगको कथा सिनेमाले उठाएको छ । सिनेमामा अभिवीन्द खनियाँ, वर्षा भण्डारी, अनिकेथ अधिकारी, प्रख्यात घिमिरेलगायतले अभिनय गरेका छन् ।
द सेलिब्रेटी टाइम्सको व्यानरमा निर्मित सिनेमाको छायांकन र सम्पादन नीमा शेर्पाले गरेका हुन् । निर्देशक ज्ञवालीले समसामयिक विषयको यो सिनेमा दर्शकले रुचाउने विश्वास लिएका छन् ।
लामो समयदेखि संचारकर्मीको रुपमा काम गरिरहेका ज्ञवालीले अब सर्ट सिनेमा र म्युजिक भिडियो निर्देशकको कामलाई निरन्तरता दिने बताए ।