अल्लु अर्जुनको नयाँ सिनेमा घोषणा
द सिनेमा टाइम्स, काठमाडौँ – तेलुगु स्टार अल्लु अर्जुन नयाँ सिनेमामा अनुबन्धित भएका छन् । उनि निर्देशक सिवा कोरतालाको अनटाइटल प्रोजेक्टमा अनुबन्धित भएका हुन् ।

थुप्रै भाषामा निर्माण हुने सिनेमाको वर्किङ टाइटल ‘#AA21’ राखिएको छ । छायांकनरत सिनेमा ‘पुष्पा’पछि अल्लुले यो सिनेमामा काम गर्नेछन् ।
२०२२ को सुरुवातमा रिलिज हुने सिनेमालाई सुधाकर मिक्कीलिनेनी निर्माण गर्नेछन । सिनेमाको बारेमा अन्य जानकारी भने बाहिरिएको छैन ।
सिवा तिनै निर्देशक हुन् जसले ‘मिर्ची’, ‘श्रीमन्थुडु’, ‘जनता गराज’, ‘भारत अने नेनु’, र ‘आचार्य’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन् ।