उपासना बनिन् ‘एजुकेसन एण्ड माइग्रेसन कर्नर’को ब्राण्ड एम्बास्डर
Published On : 11 October, 2020 1:19 pm
द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री उपासना सिंह ठकुरी एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बास्डर बनेकी छन् । शिक्षा क्षेत्रमा लोकप्रियता कमाइरहेको एजुकेसन एण्ड माइग्रेसनले उपासनालाई एक वर्षको लागि आफ्नो ब्राण्ड एम्बास्डरको रुपमा नियुक्त गरेको हो ।

एजुकेसन एण्ड माइग्रेसनले अस्ट्रेलियालगायतका देशमा शिक्षाको लागि नेपालीहरु पठाउने गरेको छ ।
सिनेमा ‘क्याप्टेन’बाट डेब्यु गरेकी उपासना पछिल्लो समय विज्ञापनहरुमा व्यस्त छन् । केहि समय अगाडी उनले यामाहाको एक स्कुटीको विज्ञापन गरेकी थिइन् ।
उपासनाको पछिल्लो सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ गत वर्षको दशैँमा रिलिज भएको थियो । त्यसयता उनले कुनै पनि सिनेमा साइन गरेकी छैनन् ।