‘अन्तिम’मा सिख प्रहरी बने सलमान
Published On : 10 December, 2020 12:59 pm
द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेता सलमान खानले नयाँ सिनेमाको सुटिङ शुरु गरेका छन् । सलमानले आगामी सिनेमा ‘अन्तिम : द फाइनल ट्रुथ’को सुटिङ शुरु गरेका हुन् ।

हालै ‘अन्तिम’को सेटबाट सलमानको लुक्स बाहिरिएको छ । कालो पगडी र खालसा लंकेट लगाएका सलमान सरदारको लुक्समा देखिएका छन् । भारतीय मिडिया अनुसार उक्त सिनेमामा सलमान एक सिख प्रहरीको भुमिकामा देखिनेछन् ।
ग्याङस्टार ड्रामा सिनेमालाई महेश मांजरेकरले निर्देशन गर्दैछन् । सिनेमामा अभिनेता आयुष शर्मा एक ग्याङस्टारको भूमिकामा देखिने छन् । उनको टक्कर सलमानसँग हुनेछ । सिनेमामा सलमान र आयुषसँगै निकितिन धीरको पनि मुख्य भुमिका रहनेछ ।