माघ १ गतेबाट ‘एउटा यस्तो प्रेम कहानी’ प्रर्दशन हुने


द सिनेमा टाइम्स, काठमाडौं– ९ महिनादेखी बन्द रहेको सिनेमा हल पुष १० गतेबाट संचालनमा आएका छन् । हाल हलमा पुरानो सिनेमा प्रर्दशन भइरहेको छ । माघ १ गतेबाट नयाँ सिनेमा प्रदर्शनमा आउने भएको छ । ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण टिम माघ १ गतेबाट सिनेमा रिलिज गर्ने तयारीमा छन् ।

बिहीवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की फिचर छन् । उक्त पोस्टरमा उनीहरु एकअर्काको अंगालोमा बाँधिएका छन् । लभस्टोरी–एक्सन ड्रामामा शिव र प्रियंकासँगै आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यही सिनेमाबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयोग दर्शनधारी अभिनयमा डेब्यू गर्दैछन् । दिपेश सापकोटा फिल्मका निर्देशक हुन् ।

फिस्टेल मुभिजको ब्यानरमा निर्मित सिनेमालाई यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । सिनेमामा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्