अभिनेता तथा निर्देशक राजिव कपूरको निधन
द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रनवीर कपूरका काका राजिव कपूरको निधन भएको छ । ५८ वर्षको उमेरमा उनको ह्रदयघातबाट मंगलबार निधन भएको हो । 
उनले भाई रणधीर कपूर र ऋषि कपूर अभिनित सिनेमा ‘एक जान है हम’बाट बलिउडमा डेब्यू गरेका थिए । ‘राम तेरी गंगा मैली’का साथै ‘प्रेम ग्रन्थ’ नामक सिनेमा निर्देशन समेत गरेका थिए ।
गत वर्ष अभिनेता ऋषि कपूरको पनि क्यान्सरका कारण निधन भएको थियो ।
-एजेन्सी