कमेडी कथामा ‘तेस्का बाजे’को शुभ मुर्हूतसँगै निर्माण घोषणा


द सिनेमा टाइम्स, काठमाडौं – कल्याण अधिकारीको निर्देशनमा सिनेमा ‘तेस्का बाजे’ निर्माण हुने भएको छ । कमेडी जनरामा निर्माण हुने सिनेमाको सोमबार ललितपुरको एक मन्दिरमा शुभ मुर्हूत गरिएको छ । सिनेमामा को को कलाकार रहने भन्ने कुनैपनि जानकारी निर्माण टिमले सर्वजनिक गरेको छैन् ।

बिजी बर्मा फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमा सेन्टीमेन्टल कमेडी फ्लेभरमा निर्माण हुनेछ । निर्माण टिमका अनुसार सिनेमाका लागी केही कलाकार छनोट भैसकेका छन् । भने, केही कलाकारको खोजी भैरहेको छ । कला राई प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता राम महर्जन र शत्रुधन अन्सारी हुन् ।

चैतको पहिलो साताबाट छायांकन थालिने सिनेमामा दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्राफी, ओमप्रकाश राई, राजु लामा, कृष्णकुमार राई र अभिषेक सिंहको संगीत, राजेशपायल राई, मेलिना राई, केशव शाही ठकुरी र अनुपमा राईको स्वर रहनेछ ।

निर्देशक अधिकारीले सिनेमाको काठमाडौं, धरान, इलाम र झापामा छायांकन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्