कर्माको ‘फटाह फणिन्द्रे’मा सुष्मा र छुल्ठिम


द सिनेमा टाइम्स, काठमाडौं – अरुण खड्काको निर्माण तथा निर्देशनमा सिनेमा ‘फटाह फणिन्द्रे’ निर्माण हुने भएको छ । अभिनेता कर्मा शाक्यले ‘फटाह फणिन्द्रे’को शिर्ष भुमिका निवार्ह गर्दैछन् ।

निर्माता अरुण खड्काले सिनेमाको मुख्य भुमिकामा कर्मासँगै अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेका छन् । भने, सुष्मा कार्की मुख्य भुमिकाको लागि पहिले नै फाइनल थिइन् । सिनेमाका लागी अन्य कलाकार छनौटको क्रममा रहेका छन् ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता सुनिल मानन्धर हुन् । विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको सिनेमामा रोशन श्रेष्ठको द्धन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाला सिंकेमनको छायाँकन रहनेछ ।

उत्तम केसीको कथा रहेको सिनेमामा पट्कथा तथा सम्वाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको लेखेका हुन् । ‘तिम्रो लागि’, ‘पाठशाला’ ‘चलेछ बतास सुस्तरी’लगायत केही सिनेमा निर्माण गरेका अरुण यही सिनेमाबाट निर्देशनमा डेब्यु गर्न लागेका छन् ।

चैत्रको पहिलो साताबाट छायाँकन सुरु हुने सिनेमाले अपराधको बिषयलाई कमेडीको माध्यमबाट प्रस्तुत गर्न लागेको निर्देशक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्