ट्रेलरमा यस्तो छ राजकुमार र जाह्नवीको ‘रुही’


द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता राजकुमार राव र जाह्नवी कपूर अभिनित सिनेमा ‘रुही’को ट्रेलर सार्वजनिक भएको छ । हार्दिक मेहताले निर्देशन गरेको रुही हरर–कमेडी सिनेमा हो ।

जाह्नवीले रुहीको भुमिका निभाएकी छन् । उनी एक प्रेतात्माको कब्जामा छिन् । त्यस्तै, राजकुमार रुहीको प्रेमीको भुमिकामा देखिएका छन् । उनी रुहीको शरिरबाट प्रतात्मा भगाउने प्रयासमा छन् । सिनेमामा राजकुमार र जाह्नवीसँगै वरुण शर्माको पनि मुख्य भुमिका रहेको छ ।

रुहीलाई दिनेश विजनले निर्माण गरेका हुन् । जसले पहिला हरर–थ्रिलर सिनेमा ‘स्त्री’ बनाएका थिए । ‘स्त्री’मा राजकुमार राव र श्रद्धा कपूरले मुख्य भुमिका निभाएका थिए । रुही ११ मार्चमा प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्