भन्सालीको जन्मदिनमा ‘गंगूबाई’को टिजर सार्वजनिक


Published On : 24 February, 2021 5:03 pm

द सिनेमा टाइम्स, काठमाडौं – सञ्जय लीला भन्सालीको जन्मदिनको अवसर पारेर ‘गंगूबाई काठियावाडी’को टिजर सार्वजनिक गरिएको छ । सिनेमामा बलिउड अभिनेत्री आलिया भट्ट अलग अन्दाजमा देखिएकी छन् ।

सञ्जय लीला भन्सालीले निर्देशन गरेको सिनेमामा भन्सालीसँगै जयन्तीलाल गडाको पनि लगानी रहेको छ । कमाठीपुरा रेड लाइट एरिया व्यवस्थापनदेखि माफिया क्विनको परिचय बनाएकी गंगूबाईको रियल स्टोरीलाई सिनेमामा उतारिदैछ । जसमा गंगूबाईको भुमिका आलियाले निभाएकी छन् । सिनेमामा डन करीम लालाको भुमिकामा अजय देवगन देखिदैछन् ।

गंगूबाईको पुरा नाम ‘गंगा हरजीवन दास’ हो । उनको पतिले बेचेपछि उनी वेश्यावृतिमा धकेलिएकी थिइन् । त्यसपछि उनी गंगूबाईको नामले परिचित भइन् । साथै उनी मुम्बईकी माफिया क्विन बनिन् । यो सिनेमाको कथा पुस्तक ‘माफिया क्विन्स अफ मुम्बई’मा आधारित रहेर हुसैन जैदीले तयार पारेका छन् ।

यो सिनेमा ३० जुलाई अर्थात श्रावण १५ गते देखि प्रदर्शन हुँदैछ । यही मितिमा प्रभास र पूजा हेग्डेको ‘राधे श्याम’ पनि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्