‘मुम्बई सागा’ ट्रेलरमा जोन र इमरानको टक्कर
द सिनेमा टाइम्स, काठमाडौं – जोन अब्राहम र इमरान हाशमीको ग्याङस्टार ड्रामा सिनेमा ‘मुम्बई सागा’को ट्रेलर सार्वजनिक भएको छ ।
जोन गुन्डाको रुपमा प्रस्तुत भएका छन् भने इमरान पुलिस अफिसरको भुमिकामा देखिएका छन् । ट्रेलरमा दुवैबीचको टक्करलाई देखाइएको छ । सिनेमामा जोन र इमारानसँगै प्रतिक बब्बर, ज्याकी श्राफ, रोनित रोय, सुनिल शेट्टी, गुलशन ग्रोवर र काजोल अग्रवालको पनि अभिनय रहेको छ ।
सञ्जय गुप्ताको लेखन तथा निर्देशन रहेको सिनेमामा भूषण कुमार र कृष्ण कुमारको लगानी छ । यो सिनेमा मार्च १९ अर्थात चैत्र ६ गते देखि प्रदर्शन हुँदैछ ।