अर्पण र स्वस्तिमाको ‘चिसो मान्छे’ शुभसाइतसँगै छायांकन सुरु


द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दीपेन्द्र के खनालको सिनेमा ‘चिसो मान्छे’को छायांकन सुरु भएको छ । सोमबार काठमाडौंमा शुभसाइत गर्दै सिनेमाको छायांकन थालिएको हो । काठमाडौंबाट छायांकन थालिएको सिनेमा बाजुरासम्म समेत खिचिने छ ।

शर्मिला पाण्डेको प्रस्तुतीमा निर्माण हुने ‘चिसो मान्छे’मा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, अशान्त शर्मा, झकेन बिसी लगायतका कलाकारको मुख्य भुमिका रहनेछ । निर्माण टिमलाई शुभकामना दिन शुभसाइत कार्यक्रममा विकास बोर्ड अध्यक्ष दयाराम दाहाल समेत पुगेका थिए ।

शुभसाइत कार्यक्रममा निर्देशक खनालले भने–‘हामीले सिनेमालाई काठमाण्डौदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा खिच्नेछौं । सिनेमाको छायांकन यति नै दिनमा सकिन्छ भन्न सकिने अवस्था छैन ।’ समाजका चिसो मानिसहरुको कथा भन्ने सिनेमालाई आफूले घाममा नखिच्ने तयारी निर्माणले गरेको छ ।

भदौको ११ गतेबाट रिलिज हुने सिनेमामा सुभाष भुषालको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्