प्रतिक्षित सिनेमा ‘कबड्डी ४’लाई मोफसल टुरमा दर्शकको साथ


द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’को अहिले मोफसल टुर भैरहेको छ झापाको दमकबाट सुरु भएको टुर काठमाडौंमा सम्पन्न हुने जानकारी निर्माण टिमले दिएको छ ।

आजसम्मद मक, धरान, नाराणगढ र बुटवलमा कबड्डी ४ टिमले कन्सर्टको आयोजना गरिसकेको छ भने आज पोखरामा कन्सर्ट गर्दैछ । त्यसपछि काठमाडौंमा कन्सर्ट गरेर सिनेमाको टुरको समापन गरिनेछ । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको रिलिज पूवैसन्ध्यामा काठमाडौंमा भव्य प्रिमियर समारोह आयोजना गर्ने तयारी भैरहेको छ ।

सिनेमाले मोफसल टुर र सार्वजनिक गीत र ट्रेलरबाट राम्रो हाइप बनाएकाले बम्पर ब्यापार गर्ने आशा छ । सिनेमाका यसअघि रिलिज तीन ओटै सिरिजले दर्शकको राम्रो साथ पाएकाले पनि दर्शकमाझ सिनेमा निकै प्रतिक्षामा छ । बिशेष गरी दर्शकको प्रतिक्षामा यो पटक काजी अर्था दयाहाङ राईको बिहे हुन्छ कि हुँदैन ? भन्ने मै देखिन्छ ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ । समाजिक कथावस्तुलाई कमेडी मार्फत प्रस्तुत गरिएको सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।

प्रतिक्रिया दिनुहोस्