‘सिल्ली फो’ ट्रेलर : हिरोइन बन्न संघर्षरत युवतीको भुमिकामा केकी


द सिनेमा टाइम्स, काठमाडौं – केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘सिल्ली फो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा निर्माण भएकोे सिनेमामा अभिनेत्री अधिकारीले हिरोइन बन्न संर्घषरतत युवतीको भुमिका निवार्ह गरेकी छन् । बाँकी कलाकारलाई पैसा कमाउन भौतारिएको देख्न सकिन्छ ।

राज बहादुर साने निर्देशित सिनेमाले दर्शकलाई फुल मनोरञ्जन दिने छनकक ट्रेलरमा देख्न सकिन्छ । कमेडी जनरामा पहिलो पटक काम गरेकाले पनि आफुले सिल्ली फोबाट धेरै कुरा सिक्न पाएको निर्देशक साने दाबी गर्छन् । ह्याप्पी फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको सिनेमामा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह-निर्माताको रुपमा छन् ।

सिनेमा आगामी असार ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमामा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ ।

सिनेमामा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानले ट्रेलर काटेका हुन् । वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको सिनेमाको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।

प्रतिक्रिया दिनुहोस्