रामबाबु निर्देशित ‘कबड्डी ४’ले मनायो ५१ औं दिन, बक्सअफिसमा ब्लकबस्टर
Published On : 16 July, 2022 8:09 pm
द सिनेमा टाइम्स, काठमाडौं – जेष्ठ १३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ले बक्सअफिसमा सफलता पुर्वक ५१ ऋौं दिन मनाएको छ । सिनेमा नेपाली बक्सअफिसमा सर्वाधिक कमाई गर्ने नेपाली सिनेमाको रेकर्ड समेत राखेको छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी ४’ले बक्कसअफिसमा २२ ककरोड ५० लाख भन्दा बढि ब्यापार गर्दै ब्लकबस्टर सावीत भएको छ । नेपालमा मात्रै नभई सिनेमाले विदेशी बजारमा पनि रेकर्ड तोड व्यापार गरेको छ । सिनेमा भारतमा पहिलो पटक पिभिभआर मल्टिप्लेक्स चेनमा समेत रिलिज भएको थियो ।
बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ । समाजिक कथावस्तुमा निर्माण भएको सिनेमालाइ कमेडी मार्फत प्रस्तुत गरिएको छ ।
सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाको निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल छन् । ‘कबड्डी’का अघिल्ला तीन सिरिज पनि बक्सअफिसमा ब्लकबस्टर सावित भएका थिए ।