अष्ट्रेलियामा अनुप बराल निर्देशित ‘दोख’को विशेष शो


द सिनेमा टाइम्स, काठमाडौं – अनुप बरालको निर्देशनमा निर्माण भएको सिनेमा ‘दोख’को नेपाल प्रदर्शन लगत्तै अष्ट्रेलियामा विशेष शो गरिएको छ । सोमवार अष्ट्रेलियाको सिड्नीमा भएको विशेष शोमा उल्लेख्य संख्यामा नेपालीको उपस्थिति रहेको थियो । आफ्नो सिनेमा ‘बद्री बहादुर’को प्रिमियरमा सहभागी हुन अष्ट्रेलिया पुगेका निर्देशक शोभित बस्नेतले पनि ‘दोख’ हेरेका थिए । अष्ट्रेलिया शोमा सिनेमालाई प्रशंसा मिलेको छ ।

निर्माता मनोज अधिकारीले अष्ट्रेलियाको अन्य शहरमा पनि चाँडै सिनेमाको विशेष शो आयोजना हुने जानकारी दिए । दशक लामो सशस्त्र द्वन्द्वकालमा नागरिकले बाँच्नु परेको त्रासदीपूर्ण जीवनको कथा पेश गरेको सिनेमामा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, सुरज मल्ल, रोयदीप,राज थापा काउछा, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ ।

द्वन्द्वकालमा सामुदायिक वनको मुद्धालाई लिएर दुई गाउँबीच उत्पन्न झगडाको विषयलाई मुख्य कथा बनाएर निर्माण भएको ‘दोख’ को निर्मातामा अधिकारीसँगै सविन ज्ञवाली रहेका छन् भने भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माता हुन् । सिनेमामा राजन कठेतको कथा लेखन, शैलेन्द्र डी कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठले सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्