इसेवाबाट टिकट काट्दा १ रुपैयाँमै ‘माइकल अधिकारी’ हेर्न पाइने


द सिनेमा टाइम्स, काठमाडौँ – कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ ३ देखि प्रदर्शनमा आउने सिनेमा ‘माइकल अधिकारी’लाई दर्शकले १ रुपैयाँमा हेर्न पाउने भएका छन् ।

नेपालको ठुलो डिजिटल वालेट इसेवा र सिनेमा निर्माण कम्पनि गोपीकृष्णले दर्शकका लागि निक्कै सुलभ अफर ल्याएको हो । अब दर्शकले १ रुपैयाँ मै ‘माइकल अधिकारी’ हेर्न पाउनेछन । जसका लागि इसेवाबाटै टिकट काट्नु पर्ने हुन्छ ।

डिजिटल वालेट र नेपाली फिल्मप्रति आम मानिसलाई आकर्षित गर्न इसेवा र ‘माईकल अधिकारी’को निर्माण टिमले यो योजना अगाडि सारेको हो ।

रञ्‍जित रौनियारले निर्देशन गरेको सिनेमाले सेरोगेसी (भाडाको कोख)को कथा भन्छ । सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरु पति-पत्नीको भूमिकामा छन् ।

गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित सिनेमामा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, आर्या पौडेल र केभिन परियारलगायतको पनि अभिनय छ ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको सिनेमामा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री/दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा/संवाद छ ।

उद्धव पौडेलको प्रस्तुति रहेको सिनेमालाई निरक पौडेलले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्