‘दुई नम्बरी’को गीतमा उपासनासंग सौगातको प्रेम, दयाहाङसंग मित्रता
Published On : 1 September, 2022 4:05 pm
द सिनेमा टाइम्स, काठमाडौँ – दीपेन्द्र लामा निर्देशित सिनेमा ‘दुई नम्बरी’को गीत सार्वजनिक गरिएको छ ।

‘झलल आयो तिम्रो याद’ बोलको गीतमा मुख्य कलाकार सौगात मल्ल र उपासना सिंह ठकुरी बीचको प्रेमलाई प्राथमिकता दिइएको छ । भिडियोमा दयाहाङ राईकी प्रेमिकाको रुपमा उगेन छोदेन देखिएकी छन् । तर, उनलाई भिडियोमा धेरै स्थान दिइएको छैन ।
सौगात र दयाहाङ बीचको मित्रता चित्रण गरिएको गीतमा मेलिना राई र जयन जे वाइवाको स्वर छ । जयन कै शब्द र संगीत रहेको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
निर्देशक लामाको लेखन रहेको सिनेमामा बुद्धि तामाङ, पुस्कर गुरुङ, श्रेयष पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरेलगायतका कलाकारहरुको पनि अभिनय छ ।
सिनेमा असोज २१ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।
सुशन प्रजापतिको छायांकन रहेको सिनेमामा जयन जे वाइवाको संगीत, रोहित शाक्य/शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर र निमेष श्रेष्ठको सम्पादन छ ।
रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमामा दीपक मनाङ्गे (राजीव गुरुङ), अमलादेवी राई र जयश श्रेष्ठको निर्माण छ । सिनेमाको सहनिर्मातामा मिठु तामान्ङ्गी रहेकी छन् ।