शुक्रबारबाट हलमा दुई नेपाली सिनेमा ‘झिँगेदाउ र सम्हालिन्छ कहिले मन’

शुक्रबारबाट हलमा दुई नेपाली सिनेमा ‘झिँगेदाउ र सम्हालिन्छ कहिले मन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रवारबाट दुई सिनेमा ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ प्रदर्शनमा आएका छन् । यी दुवै फरक जनरा र स्वादका सिनेमा हुन् । लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

सफल निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ । यसकारण यो हप्ता दर्शकहरुले आ-आफ्नो स्वाद अनुसारको सिनेमा हेर्न पाउनेछन् । ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ले मल्टीप्लेक्स हलमा समान शो पाएका छन् भने सिंगल थिएटर पनि बराबरी जस्तै नै छ ।

दुवै सिनेमाका नाम चलेका कलाकारको अभिनय छ । ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन मुख्य भूमिकामा छन् । यही सिनेमाबाट गायक सोनम तोप्देनले अभिनेताको रुपमा डेब्यू गरेका छन् । त्यस्तै, ‘झिँगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमको मुख्य भूमिका छ । यो सिनेमाले पनि अभिनेताको रुपमा कुशल विष्टलाई डेव्यु गराएको छ ।