‘प्रेमगीत ३’को ‘हर युग होस्’ गीत रिलिज, मनाङको सुन्दरतामा रोमान्टिक प्रदीप र क्रिष्टिना
Published On : 6 September, 2022 1:57 pm
द सिनेमा टाइम्स, काठमाडौँ – बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘हर युग होस्’ बोलमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ ।

यसअघि प्रताप दास र प्रविशा अधिकारीको स्वरमा गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको थियो ।
राजेश कुमार श्रेष्ठको शब्द रचना रहेको गीतमा एलिश कार्कीको संगीत छ ।
सार्वजनिक गीतमा मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङको रोमान्टिक मूड देख्न सकिन्छ । दुईको केमेस्ट्री मज्जाले जमेको छ ।
मनाङ जिल्लाका दृश्यले भिडियोमा शितलता प्रदान गरेका छन् । दर्शकले अन्नपूर्ण दोस्रो, तिलिचो पिक, गंगपूर्ण ताल, म्रिङ ताल, मर्स्याङ्दी नदि, स्वर्गद्वार पहाडको दर्शन गर्न पाउनेछन् ।
सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको निर्देशनमा बनेको सिनेमामा प्रदीप र क्रिष्टिनासंगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारहरुको अभिनय छ ।
छेतेन गुरुङ र मनदीप गौतमको लेखन रहेको सिनेमामा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठ/पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ ।
आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द/डम्बर विक्रम सेनको कार्यकारी निर्माण र कुमार शान शाह/ओएसआर डिजिटलको सहनिर्माण छ ।
यो सिनेमा असोज ७ गते नेपाल र भारतसहित विश्वव्यापी रुपमा रिलिज हुँदैछ ।