राज र प्रमिला फिचर्ड गीत ‘कठै बिचरा’ रिलिज
Published On : 6 September, 2022 4:05 pm
द सिनेमा टाइम्स, काठमाडौँ – प्रताप दास र मेलिना राई स्वरमा ‘कठै बिचरा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

रोमान्टिक डान्सिङ बिटको गीतमा सुदिप अत्रेयाको शब्द रचना र किरण माइकल घिमिरेको संगीत छ ।
गीतको भिडियोमा अभिनेता राज कटुवाल र मोडल प्रमिला क्षेत्रीको फिचर्ड छन् । दुईको केमेस्ट्री जमेको छ । दुईले रोमान्टिक मूडमा डान्स स्टेप्स गरेका छन् ।
जीवन शाहीको निर्देशन रहेको म्युजिक भिडियोमा दीपकमान सिंहको कोरियोग्राफी छ ।
रमेश शाहीले निर्माण गरेको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ ।