सिनेमामा डेब्यु गर्दै दिग्गज क्रिकेटर वासिम अकरम, यस्तो बन्यो फस्टलुक
Published On : 6 September, 2022 6:12 pm
द सिनेमा टाइम्स, काठमाडौँ – पुर्व पाकिस्तानी क्रिकेटर वासिम अकरमले अब अभिनयको दुनियाँमा पाइला चाल्ने भएका छन् ।

मंगलबार उनि अभिनित पाकिस्तानी सिनेमा ‘एमबिजी: मनि ब्याक ग्यारेन्टी’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । पोस्टरमा वासिमसंगै पाकिस्तानी सुपरस्टार फवाद खान फिचर्ड छन् ।
५६ वर्षिया वासिम क्रिकेट जगतका दिग्गज फास्ट बलर हुन् । उनले पाकिस्तानको लागि १०४ टेस्टमा ४१४ र ३५६ एक दिवसीय अन्तर्राष्ट्रियमा ५०२ विकेट लिएका छन् ।
वासिमको डेब्यु सिनेमा भएका कारण ‘एमबिजी’लाई पाकिस्तानमा प्रतिक्षित सिनेमाको लिस्टमा राखिएको छ । सिनेमामा वासिमको डेब्यु भएपनि उनले यसअघि थुप्रै पाकिस्तानी शो होस्ट गरिसकेका छन् ।
फैजल कुरेशीले निर्देशन गरेको यस सिनेमाको टिजर ९ सेप्टेम्बरमा रिलिज हुँदैछ ।
सन् २०२३ अप्रिल २१ मा रिलिज हुने सिनेमामा फवाद र वासिमका अलावा हिना दिलपजिर, अलि सफिना, शयन खान, मिकाल जुल्फिकर, गोहर राशिद, जान राम्बोलगायतका कलाकारहरुको अभिनय छ ।
यस्तो छ फस्टलुक:-
