समसामयिक विषयबस्तुमा बनेको ‘हिजो आजका कुरा’को ट्रेलर रिलिज
Published On : 7 September, 2022 6:25 pm
द सिनेमा टाइम्स, काठमाडौँ – कलाकार सन्तोष पन्तले निर्माण गरेको सिनेमा ‘हिजो आजका कुरा’को ट्रेलर रिलिज भएको छ ।

२ मिनेट ४५ मिनेट लामो ट्रेलरले वैदेशिक रोजगार, पुस्तान्तर, बेतिथी, देश प्रेम, बृद्धवस्था, मतभेदका विषय उठान गरेको छ । ट्रेलरमा समावेश विषयहरु समसामयिक लाग्छन ।
साकार पन्तको डेब्यु निर्देशनमा बनेको सिनेमामा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्य देव पन्त, साकार पन्त, रीमा विश्वकर्मा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुइँकेल, अनुष्का अधिकारी, लक्ष्मी भुषाल, स्वर्गीय जयनन्द लामालगायतका कलाकारहरुको अभिनय छ ।
असोज २८ देखि प्रदर्शनमा आउने सिनेमामा रवि सायमीको छायांकन, दीपक शर्मा/हर्कुलस बस्नेतको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विनय कंसाकारको सम्पादन छ ।
पन्त फिल्म्सको प्रस्तुति रहेको सिनेमाको कार्यकारी निर्माता प्रतिभा पन्त हुन् । सिनेमाको निर्मातामा सन्तोष पन्त र साकार पन्त छन् । भने सहनिर्मातामा बैकुण्ठप्रसाद उपाध्याय र सचित कुमार मिश्र रहेका छन् ।