‘झिँगेदाउ’ हेरेर रुँदै निस्किए आमाहरु
Published On : 7 September, 2022 7:42 pm
द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ’ले घरेलु बक्सअफिस उत्साहजनक व्यापार गरिरहेको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित सिनेमाको ‘वर्ड अफ माउथ’ बलियो हुँदा वीकडेजमा पनि व्यापारको ग्राफ बढिरहेको छ ।
यसै बीच पशुपति बृद्धाआश्रमका ४५ जना बृद्धहरुले यो सिनेमा हेरेका छन् । बृद्धाआश्रमका बृद्धहरुले यो सिनेमा हेर्ने इछ्या व्यक्त गरेका थिए । त्यसपछि निर्माण पक्षले वान सिनेमाज हलमा उनिहरुलाई सिनेमा देखाएको हो ।
सिनेमा हेरिसकेपछि सबै जनाले सिनेमाको तारिफ गरे । सिनेमाको कथाबस्तुले मन छोयो भन्दै बृद्धहरु हल बाहिर रुँदै निस्किएका थिए ।

कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, हिउँवाला गौतम र कुशल बिष्टको अँगालोमा आमाहरु भक्कानिदा गाह्रो माहोल बनेको थियो ।
दाजु-भाई, देउरानी-जेठानी र आमाको कथा भन्ने सिनेमालाई दर्शकले मनोरन्जात्मक र मौलिक भनेका छन् ।
भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमाको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्मित सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतका कलाकारहरुको अभिनय छ ।
सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।