‘प्रेमगीत ३’बारे आएका भ्रामक र विवादास्पद अभिव्यक्तिप्रति विकास बोर्डद्वारा खेद प्रकट
Published On : 25 September, 2022 4:51 pm
द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा हिन्दी स्वरांकनको ‘प्रेमगीत ३’लाई रिलिजमा अवरोध गरिएको भन्ने निर्माताको आरोपलाई चलचित्र विकास बोर्डले खण्डन गरेको छ ।

अध्यक्ष भुवन केसीले जारी गरेको ६ बुँदे विज्ञप्तिमा ‘प्रेमगीत ३’को रिलिज प्रक्रियाको बारेमा प्रष्ट पारिएको छ ।
बोर्ड नेतृत्वले प्रक्रियागत ढिलासुस्ती नगरेको र हिन्दी स्वरांकनले समय मै कर चुक्ता नगरेका कारण सेन्सरमा ढिलाई भएको बताएको छ ।
विज्ञप्तिमा असोज ७ गते शुक्रबार मात्रै बोर्डलाई सिनेमाको करचुक्ता प्रमाणपत्र प्राप्त भएको र त्यसलगतै पुन: स्वरांकनको लागि अनुमति दिइएको उल्लेख गरिएको छ । असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुना साथ् सेन्सरका लागि सिफारिस गरिएको बताइएको छ ।
प्रस्तुत सन्दर्भमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका भ्रामक, अतिरन्जित, कपोकल्पित, लान्छनायुक्त विवादास्पद अभिव्यक्ति एवं समाचारप्रति चलचित्र विकास बोर्ड खेद प्रकट गरेको छ ।
विज्ञप्ति:-
