रिलिज भयो ‘दुई नम्बरी’, व्यापार राम्रो गर्ने अपेक्षा
Published On : 7 October, 2022 1:42 pm
द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट सिनेमा ‘दुई नम्बरी’ सार्वजनिक प्रदर्शनमा आएको छ । दयाहाङ राई र सौगात मल्ल स्टारर सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
A066_C004_01013Y
दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको सिनेमाले मित्रता र तस्करीको कथा भन्छ । कमेडी जनराको यस सिनेमामा उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुस्कर गुरुङ, श्रेयष पौडेल, कविता आले, शारदा गिरी, प्रकाश घिमिरे, सुष्मा निरौलालगायतका कलाकारहरुको पनि अभिनय छ ।
मल्टिप्लेक्समा राम्रो शोजका प्रदर्शन सुरु गरेको सिनेमाले पहिलो दिन सुखद सुरुवात गर्ने छनक देखाएको छ । पहिलो दिन दिउँसोका अधिकांस शोज हाउसफुल हुँदा निर्माण पक्षमा खुसि छाएको छ । पहिलो दिन सिनेमाको अकुपेन्सी ७० देखि ८० प्रतिशत आसपास देखिएको छ ।
सुशन प्रजापतिले खिचेको सिनेमामा जयन जे वाइवा/भुषण खतिवडाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन छ ।
रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमामा दीपक मनाङ्गे (राजीव गुरुङ), अमलादेवी राई, जयस श्रेष्ठको निर्माण र मिठु तामाङ्नीको सहनिर्माण छ ।