अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ


द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । श्वेताले मंगलबार अपरान्ह ग्राण्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

उनले शल्यक्रियाको माध्यमबाट छोरीलाई जन्म दिएकी हुन् । पारिवारिक स्रोतका अनुसार यतिबेला आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।

श्वेताले २०७७ सालको मंसिर २२ मा धनगढीका विजयेन्द्र सिंह राउतसंग विवाह गरेकी थिइन् ।

गर्भवती भएपछी मिडियामा नदेखिएकी श्वेताले दशैँ अगाडी आयोजित एक कार्यक्रममा मिडियासंग साक्षात्कार गरेकी थिइन् ।

चार वर्ष अगाडी रिलिज ‘कान्छी’पछि श्वेता सिनेमामा फर्किएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्