‘बिजुली: च्याप्टर १’को लागि कलाकार अडिसन आव्हान
Published On : 4 November, 2022 4:12 pm
द सिनेमा टाइम्स, काठमाडौं – मुकुन भुषाल र बेनिशा हमालको अभिनय रहने सिनेमा ‘बिजुली: च्याप्टर १’को अन्य कलाकार छनोटको लागि अडिसन आव्हान गरिएको छ ।

कार्तिक २२ गते कान्तिपुर फिल्म एकेडेमीमा आयोजना हुने अडिसनमा २५-३० वर्षिया पुरुष, १८-२८ वर्षिया महिला र ३०-३५ वर्षको पुरुष कलाकार छनोट हुनेछन । अडिसनबाट अन्य सहायक कलाकारपनि छानिने निर्माण पक्षले बताएको छ ।
लेखक तथा निर्देशक बिकास गिरीले सिनेमा सत्य, त्रेता, द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा निर्माण हुने बताए ।
‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो ।’ निर्देशकले भने । ‘हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीतका चरित्रलाई समेटेर सिनेमा बनाउन लागिएको हो ।’
दुई भागमा निर्माण हुने सिनेमाको पहिलो भागलाई हरि घले लामाले खिच्नेछन् ।
बासुकी फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमामा कलाकारको रुपमा कालु रानापनि छनोट भैसकेका छन् ।
माघबाट छायांकन सुरु हुने सिनेमाका क्रियटिभ प्रोड्युसर केदार भुषाल हुन् । सिनेमामा निर्मातामा लुना केसी छन् ।