प्रेम र मित्रताको कथा बोल्ने ‘सरी मम’ गीत सार्वजनिक


Published On : 21 November, 2022 12:27 pm

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘सरी मम’मा समावेश ‘निःस्वार्थ माया’ बोलको रोमान्टिक थिमको गीत सार्वजनिक गरिएको छ । शुक्रवार रिलिज भएको गीतमा प्रज्वल श्रेष्ठको स्वर रहेको छ भने प्रज्वलले नै शब्द तथा संगीत संयोजनको काम गरेका छन् । यो गीतले सिनेमाका युवा पात्रहरुको प्रेम र मित्रता बोल्छ । गीतको अडियो पक्ष बलियो छ ।

लागू औषधविरुद्धको सन्देशसहित निर्माण भएको सिनेमा मंसिर १५ गतेबाट बागमती प्रदेशमा मात्र प्रदर्शनमा आउन लागेको सिनेमालाई हलमा प्रदर्शनपश्चात् लक्षित वर्गसम्म र्पुयाउने अभियान थालिने निर्माता विनोद लामाले बताएका छन् । सिनेमामा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीलगायतको अभिनय छ ।

एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीले निर्देशन गरेको सिनेमामा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको छ । आयुष बुढाथोकी र सरोज पौडेलले संयुक्त रुपमा लेखेको सिनेमाका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् । किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर सिनेमा निर्माण गरिएको निर्देशक बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्