‘अला वैकुंठपुरमुलु’को हिन्दि रिमेक ‘शेहजादा’को ट्रेलर रिलिज
Published On : 12 January, 2023 4:01 pm
द सिनेमा टाइम्स, काठमाडौं – कार्तिक आर्यन स्टारर बलिउड सिनेमा ‘शेहजादा’को ट्रेलर रिलिज भएको छ ।

रोहित धवन निर्देशित एक्सन ड्रामालाई मनोरंजनको प्याकेज बनाइएको छ । यो २०२० को सुपरहिट तेलुगु सिनेमा ‘अला वैकुंठपुरमुलु’को रिमेक हो ।
सिनेमाले आमा-बुबासंग विछोड एक युवकले परिवारको हिस्सा बन्न गर्नु पर्ने संघर्षको कथा भन्छ । सिनेमामा कार्तिक ‘बन्टु’को चरित्रमा छन् । ‘अला वैकुंठपुरमुलु’मा उक्त चरित्रमा अल्लु अर्जुन थिए ।
१० फेब्रुअरीमा रिलिज हुने ‘शेहजादा’मा कार्तिकका अलावा कृति सेनोन, मनिषा कोइराला, परेश रावल, रोनित रोय, राजपाल यादवलगायतका कलाकारहरुको अभिनय छ ।
यहि सिनेमाबाट अभिनेता कार्तिकले निर्मातामा रुपमा पनि डेब्यु गरेका छन् । उनिसंगै सिनेमामा भुषण कुमार, क्रिषण कुमार, अमन गिल, अल्लु अरविन्द, एस राधाकृष्णको पनि लगानी छ ।