द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा दुई नेपाली सिनेमा ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’को मल्टिप्लेक्समा बुकिङ खुलेको छ ।

पछिल्लो समय हलमा दर्शक संख्या घटेपछि यो साता मल्टिप्लेक्सले ४० प्रतिशत शो कटौती गरेका छन् ।
प्राय: शुक्रबार २ सय माथिको शो निकाल्ने नेपाली मल्टिप्लेक्सले यो साता जम्मा १ सय २२ शो निर्धारण गरेका छन् ।
जसमध्ये सर्वाधिक शो ‘तिम्रो मेरो साथ’ले पाएको छ । भने ‘गुञ्जन’ले पछ्याइरहेको छ ।
तिम्रो मेरो साथ
साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्री स्टारर सिनेमाले मल्टिप्लेक्सका ३७.७० प्रतिशत शो ओगटेको छ ।
रमेश एमके पौडेल निर्देशित एवं निर्मित सिनेमालाई क्यएफएक्सले १६ शो दिएको छ । आइएनआइ चेनमा ६ शो पाएको सिनेमाले सिनेप्लेक्स र वान सिनेमाज चेनमा समान ५/५ शो पाएको छ ।
यस्तै एफक्युब र बिएसआरले ३/३ शो बाड्दा सिडिसी, किर्तिपुर सिनेप्लेक्स, क्युज र रन्जनाले २/२ शो दिएका छन् ।
गुञ्जन
सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्का अभिनित ‘गुञ्जन’ले मल्टिप्लेक्समा ३४.४२ प्रतिशत हिस्सा ओगटेको छ ।
द्वन्द्व निर्देशक अष्ट महर्जनको डेब्यु सिनेमालाई क्युएफएक्सले १८ शो दिएको छ । सिनेप्लेक्स, वान सिनेमाज र आइएनआइ चेनमा समान ४/४ शो पाएको सिनेमाले सिडिसी, बिएसआर, किर्तिपुर सिनेप्लेक्स, क्युज, रन्जना र एफक्युबमा २/२ प्राप्त गरेको छ ।
यस्तै पाँचौं सातामा प्रवेश गर्दै गर्दा हलिउड सिनेमा ‘अवतार २’ २५.४० प्रतिशत शोमा टिक्न सफल भएको छ ।
गत साता प्रदर्शन सुरु गरेको ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’ १.६३ प्रतिशत शोमा खुम्चिएको छ । यसले ४०.३२ प्रतिशत शोजका साथ प्रदर्शन सुरु गरेको थियो ।
महजोडीको ‘महापुरुष’ रन्जना सिनेप्लेक्समा १२औं सातामा प्रदर्शनरत छ ।
यो सामाग्री तयार पार्दासम्म बिग मुभिजमा पूर्ण शो नखुलेका कारण समावेश गरिएको छैन ।
(यो तथ्यांकमा क्युएफएक्स, सिडिसी, बिएसआर, आइएनआइ लोत्से/बुटवल, किर्तिपुर सिनेप्लेक्स, क्युज सिनेमाज, रन्जना सिनेप्लेक्स, वान सिनेमाज बानेश्वर/कालिमाटी, सिनेप्लेक्स पोखरा/चितवन र एफक्युब हल मात्र समावेश छन्)