जिल्ला अदालत तनहुँले पल शाहलाई दियो सफाइ
Published On : 17 January, 2023 7:00 pm
द सिनेमा टाइम्स, काठमाडौं – जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ ।

नाबालिक जबरजस्ती करणीको अभियोग लागेका पललाई मंगलबार न्यायाधिस कोमलप्रसाद आचार्यको एकल इजलासले सफाइ दिएको हो ।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।
यसअघि जबरजस्ती करणी मुद्धामा जिल्ला अदालत नवलपुरले सफाइ दिएपनि बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिबाना तोकेको थियो ।
पल अहिले तनहुँ कारागारमा दुई वर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेका छन् ।