‘पठान’को कीर्तिमानी ओपनिङ, कमायो सय करोड माथि
Published On : 26 January, 2023 5:52 pm
द सिनेमा टाइम्स, काठमाडौं – शाहरुख खान स्टारर बलिउड सिनेमा ‘पठान’ले पहिलो दिन कीर्तिमानी व्यापार गरेको छ ।

५.५ हजार घरेलु स्क्रिन र २.५ हजार ओभरसिज स्क्रिनमा रिलिज भएको सिनेमाले थुप्रै बक्सअफिस अंक र सुची तलमाथि पारिदिएको छ ।
हिन्दी भर्सनमा सिनेमाले कीर्तिमानी ५५ करोड कमाउदै यसअघिका सम्पूर्ण रेकर्ड ध्वस्त पार्यो । हिन्दी भर्सनमा यसअघि ‘केजिएफ: च्याप्टर २’ले ५३.९५ करोड कमाउदै रेकर्ड राखेको थियो ।
यस्तै शाहरुखको करिअरको पनि सबैभन्दा ठुलो ओपनिङ गर्ने सिनेमा बन्यो । यसअघि ‘ह्याप्पी न्यु इयर’ले ४४.९७ करोड कमाउदै यो रेकर्ड कायम गरेको थियो ।
भारतभरि ठुलो ओपनिङ गर्ने सिनेमाको सुचीमा छैटौं स्थानमा रहन पुग्यो । प्यान इन्डियामा सिनेमाको कलेक्सन ५७ करोड छ ।
सर्वाधिक ठुलो प्यान इन्डिया ओपनिङको रेकर्ड एसएस राजमौलीको ‘आरआरआर’को नाममा छ । उक्त सिनेमाले १३४ करोडको ओपनिङ गरेको थियो ।
यो सुचीको दोस्रो स्थानमा ‘बाहुबली २’ (१२१ करोड) , तेस्रोमा ‘केजिएफ: च्याप्टर २’ (११६ करोड), चौथोंमा ‘साहो’ (८८ करोड) र पाँचौंमा ‘२.०’ (६३ करोड) रहेका छन् ।
विश्वव्यापी सय करोड
‘पठान’ले पहिलो दिन विश्वव्यापी १०६ करोड ग्रस कलेक्सन गरेको छ । यो कुनैपनि बलिउड सिनेमाले पहिलो दिन विश्वव्यापी कमाएको सर्वाधिक ठुलो अंक हो । यसअघि रनबिर कपूर स्टारर ‘ब्रमास्त्र’ले विश्वव्यापी ७५ करोड ग्रस कलेक्सन गरेको थियो ।
प्यान इन्डिया सिनेमाको हकमा भने ‘आरआरआर’ले २२३ करोडको ओपनिङ गरेको थियो । जुन ‘पठान’को भन्दा दोब्बर बढी हो ।
विश्वव्यापी ठुलो ओपनिङ गर्ने भारतीय सिनेमा (करोडमा)
आरआरआर – २२३
बाहुबली २ – २१३
केजिएफ: च्याप्टर २ – १६३
साहो – १२६
२.० – ११०
पठान – १०६
कबाली – ९५
बाहुबली – ७५
ब्रमास्त्र – ७५
शाहरुखसंगै दीपिका पादुकोण र जोन अब्राहमले मुख्य भूमिकामा अभिनय गरेको सिनेमालाई दर्शकको भरपुर साथ मिलेको छ ।
सिनेमाले हिन्दी भर्सनमा दोस्रो दिन मै घरेलु बक्सअफिसमा १०० करोडको आँकडा छुने प्रक्षेपण गरिएको छ ।