अनमोल र आनाको ‘जेरी २’ थिम पोस्टर सार्वजनिक
Published On : 14 February, 2023 3:47 pm
द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी र आना शर्माकोे मुख्य भुमिका रहने सिनेमा ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक व्यक्ति झोला बोकेर स्टिकको सहायताले उकालो चढ्दैछन् ।
‘जेरी’ शिर्षकको साथ जोडिएको ‘अन टप’ शब्दले संसारको उँचाइ संकेत गर्छ । जेरीको कथा सगरमाथा क्षेत्रको ट्रेकिङसंग जोडिन्छ । यो जर्नी लभस्टोरी हो ।

हेमराज बिसीको निर्देशनमा निर्माण हुने सिनेमामा पुर्णिका सिजापतीको पनि मुख्य भुमिका रहनेछ । ८ बर्ष अघि निर्माण भएको सुपरहिट सिनेमा ‘जेरी’को सिक्वेलको रुपमा यो सिनेमा निर्माण हुँदैछ । सिनेमामा अभिनय गर्ने अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा अडिसन समेत गरेको थियो ।
अनन्या फिल्मस् र नेपकम्स ग्लोबलको ब्यानरमा निर्माण हुने ‘जेरी अन टप’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन । सिनेमाको कथा, पटककथा तथा संवाद निर्देशक बिसी र विश्वास तिमसिनाले लेखेका हुन् ।
फागुन अन्तिम साताबाट फ्लोरमा जाने सिनेमाको छायांकन अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्रलगायतका रमणीय स्थानमा गरिनेछ ।