विपिन र केकी अभिनित ‘प्रसाद २’को अस्ट्रेलिया राइट्स बिक्री
Published On : 19 February, 2023 8:03 pm
द सिनेमा टाइम्स, काठमाडौं – प्रतिक्षित नेपाली सिनेमा ‘प्रसाद २’को अस्ट्रेलिया राइट्स बिक्री भएको छ ।

विपिन कार्की, केकी अधिकारी र अर्पण थापा स्टारर सिनेमाको राइट्स गोर्खे इन्टरटेनमेन्टका रञ्जितराज वन्त र नमस्ते इन्टरटेनमेन्ट अस्ट्रेलियाका देव कार्कीले खरिद गरेका हुन् ।
सिनेमा निर्माता सुभाष थापा र वितरक रञ्जितराजले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब बैशाख १ मा नेपालसंगै अस्ट्रेलियामा सिनेमा प्रदर्शन गरिनेछ ।
गोर्खे इन्टरटेनमेन्टले यसअघि अस्ट्रेलियामा ‘प्रसाद’को सफल प्रदर्शन गरेको थियो । ‘प्रसाद’ले अस्ट्रेलियामा पाएको सफलता र ‘प्रसाद २’को चर्चाले यसपटकपनि दर्शकको साथ् पाउनेमा वितरकहरु आशावादी देखिएका छन्।
सुदर्शन थापाको निर्देशनमा बनिरहेको ‘प्रसाद २’को यतिबेला पोष्ट प्रोडक्सन कार्य चलिरहेको छ । सुशील पौडेलको लेखन रहेको सिनेमामा महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको पनि अभिनय छ ।
कास्कीको माछापुछ्रे गाउँपालिकामा छायांकन गरिएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत र उत्तम न्यौपाने पार्श्वध्वनि रहेको छ ।
एसजी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमामा सुदर्शन बस्नेतको लगानी छ । सिनेमाका कार्यकारी निर्माता सुवास थापा हुन् ।