‘नाइँ नभन्नु ल ६’को टिजर रिलिज, आँचल पाउन आशिर्वादको एक्सन
Published On : 3 March, 2023 4:18 pm
द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमाको इतिहासमा सर्वाधिक सिरिज निर्माण भएको सिनेमा ‘नाइँ नभन्नु ल’को छैटौं शृंखलाको टिजर सार्वजनिक भएको छ ।

१.२५ मिनेट लामो टिजर एक्सनप्रधान छ । टिजरमा मुख्य कलाकार आँचल शर्मा र आशिर्वाद बी. क्षेत्रीबीचको प्रेम र उक्त प्रेम प्राप्तिको लागि आशिर्वादले लडेको लडाइँलाई प्राथमिकता दिइएको छ ।
युवा प्रेमकथाहुँदै बाल प्रेमकथा पस्किएको सिरिज यसपटक एक्सनमा ढालिएको छ । मनछुने संगीत र पारिवारिक कथा ‘नाइँ नभन्नु ल’ सिरिजको विशेषता हो । यसपटक दर्शकले एक्सन लभस्टोरी देख्न पाउनेछन ।
बिकासराज आचार्यको निर्देशन रहेको सिनेमामा आँचल र आशिर्वादसंगै प्रियंका कार्की, सरोज खनाल, केकी अधिकारीको पनि मुख्य भूमिका छ । प्रियंका दोस्रो सिरिजदेखि अहिलेसम्म ‘नाइँ नभन्नु ल’को हिस्सा रहेकी छन् ।
बैशाख १ देखि प्रदर्शनमा आउने सिनेमामा बिकासराज आचार्य, सामिप्य तिमिल्सिना र अरुणदेव जोशीको कथा रहेको छ ।
भुपेन्द्र रायमाझी, बसन्त सापकोटा र शरद शंकरको संगीत रहेको सिनेमामा कविराज गहतराज/मनोज विश्वकर्माको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र सन्देश शाहको सम्पादन रहेको छ ।
संजय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेको सिनेमामा बिकासराज आचार्य र विष्णुमणि दाहाल निर्माता रहेका छन् ।