किन सौगात दुई महिना पशुपतिमै बसे ?
Published On : 1 April, 2023 10:13 pm
द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘पशुपतिप्रसाद-२ भष्मे डन’ चैत १० देखि छायांकनरत छ । पहिलो सिरिज छायांकन भएकै क्षेत्रमा‘पशुपतिप्रसाद–२ भष्मे डन’ पनि छायांकन भइरहेको छ । सिनेमाको मुख्य भूमिकामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का छन् ।
यो सिनेमाका यी मुख्य पात्रमध्ये विपिन कार्की ‘भष्मे डन’ र स्वस्तिमा खड्काको क्यारेक्टर लुक्स बाहिरिसकेको छ । छायांकन सुरु भएकै दिनविपिनको लुक्स बाहिरियो भने त्यसको केही दिनपछि स्वस्तिमाको क्यारेक्टर लुक्स सार्वजनिक भयो ।
अहिलेसम्म सार्वजनिक नभएको सौगातको लुक्स हो । सौगात यो यो सिनेमाको अघिल्लो सिरिजमा थिएनन् । उनले सिक्वेलमा इन्ट्रीमारेका हुन् । उनको यो सिनेमामा क्यारेक्टरको बारे निर्माण युनिटले भने आधिकारिक रूपमा केही खुलाएको छैन ।
सौगातले यो क्यारेक्टरका लागि ठूलो मेहनत गरेका छन् । उनी ‘पशुपतिप्रसाद–२ भष्मे डन’को यही क्यारेक्टरका लागि करिव दुई महिनापशुपति क्षेत्रमै बसे । सिनेमाको छायांकन सुरु हुनुभन्दा दुई महिना अगाडिदेखि उनी दैनिक पशुपति एरियामा गए । त्यतै बसे । त्यतै खाए। त्यहीँको संगत गरे । कारण उनलाई त्यहाँ नियमित बस्ने व्यक्ति जस्तै देखिनु थियो । यसकै लागि उनले दुई महिना पशुपति क्षेत्रमाबिताए ।
उनले पनि क्यारेक्टर निर्माणका लागि आफू दुई महिनादेखि उतै पशुपति क्षेत्रमा बसेको बताएका छन् । त्यहाँ रहने सन्त तथा बाबाजीकोसंगतसमेत आफूले मजाले गरेको र त्यसमा आफू रमाएको उनले बताएका छन् ।
क्यारेक्टर निर्माणका लागि आफू पशुपति क्षेत्रमा बसे पनि आफू खुसी रहेको पनि उनले स्पष्ट पारे । क्यारेक्टर निर्माणमा सो क्षेत्रमाबसेकै कारण अहिले आफूलाई छायांकनमा सहज भइरहेको पनि उनी बताउँछन् । सिनेमामा हुबहु क्यारेक्टरमा दखिन कठोर मिहिनेत गर्नेथोरै कलाकार मध्येमा सौगात पनि एक हुन् । जो आफ्नो चरित्रलाई बलियो बनाउन कुनै कसर बाँकी छोड्दैनन् । त्यसको पछिल्लोउदाहरण ‘पशुपतिप्रसाद–२ ः भष्मे डन’को क्यारेक्टर निर्माणका लागि उनले गरेको यो मेहनत पनि हो ।
सिनेमालाई दीपेन्द्र कुमार खनालले निर्देशन गरिरहेका छन् । खगेन्द्र लामिछानेले सिनेमाको कथा लेखेका छन् । निर्माता पनि खगेन्द्रआफैँ हुन् ।
सिनेमा आउने दसैंमा रिलिज हुने निर्माण पक्षले जनाएको छ । सात वर्ष अगाडि निर्माण भएको सिनेमा ‘पशुपतिप्रसाद’ले दर्शक रसमीक्षक दुवैबाट राम्रो प्रतिक्रिया पाएको थियो । त्यसैको सिक्वेलका रुपमा ‘पशुपतिप्रसाद–२ ः भष्मे डन’ निर्माण भएको हो ।