द सिनेमा टाइम्स, काठमाडौं – उपेन्द्र सुब्बाको डेब्यु निर्देशन ‘जारी’ वैशाख १ गतेबाट रिलिज हुँदैछ । नयाँ वर्षको अवसर पारेर रिलिज हुन लागेको योसिनेमाले आक्रामक ओपनिङ गर्ने देखिएको छ । मल्टिप्लेक्समा यो सिनेमाले पाएको शोज हेर्दा आक्रमक ओपनिङ निश्चित जस्तैदेखिएको छ ।

मल्टिप्लेक्समा यो सिनेमाले उच्च शो पाए संगै, बुकिङ पनि तीव्र गतिमा भइरहेको छ । शोज संख्या र बुकिङ हेर्दा यसले कलेक्सनपनि राम्रो गर्ने निश्चित छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा बिहीबार दिउँसोसम्म ‘जारी’ले ७५ शोज पाएको छ । वैशाख १मै रिलिज हुने अन्य दुई चलचित्र ‘बुलाकी’ र ‘बिहेपास’को तुलनामा धेरै शोज हो ।
७५ शोमा ८ वटा शोज शोल्ड आउन भइसकेका छन् । अन्य शोज पनि शोल्ड आउट हुने क्रममा छन् । ३१ वटा शो फिलिङ फाष्टमागएका छन् । फिलिङ फाष्टमा गएका केही शोज पनि शोल्ड हुने क्रममा रहेको देखिएको छ । त्यसैले रिलिजको समयसम्म धेरै शोज शोल्ड आउट हुने निश्चित जस्तै देखिएको छ । वैशाख १ गते धेरै हलका कतिपय शोजमा डोर सेलमा टिकट नपाउने देखिएकोछ । क्यूएफएक्स वान स्टप विर्तामोडमा १ गतेका १० वटा शोजमा ७ वटा शोल्ड आउट भइसकेका छन् भने ३ वटा फिलिङ फाष्टमा छन्। यो हलमा १ गते डोर सेलमा टिकट पाउने सम्भावना कम छ ।
बुकिङ बढ्दै गएपछि ‘जारी’लाई मल्टिप्लेक्सहरूले शोज पनि थप्दै गएका छन् । बुधबार बिहान ६ बजेसम्म क्यूएफएक्सले ‘जारी’लाई ६४ दिएको थियो । बिहीबार बढाएर ७५ पुर्याएको छ । अन्य मल्टिप्लेक्सले पनि शोज थप्दै गएका छन् । बुकिङ र इनक्वाइरीका आधारमा हलले शोज दिने र थप्ने गरेका छन् ।

उपेन्द्र सुब्बाको निर्देशन रहेको सिनेमामा रामबाबु गुरुङको लगानी छ । उपेन्द्रको यो डेब्यू निर्देशन हो । सिनेमामा दयाहाङ राई र मिरुनामगर मुख्य भूमिकामा छन् । सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, विजय बराल, अनील सुब्बा, पुस्कर गुरुङ, कमलमणिनेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापोलगायत कलाकारको अभिनय छ ।
नेपालकै सफल चलचित्र सिरिज ‘कबड्डी’को टिमले बनाएको सिनेमा हो ‘जारी’ । ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले ‘जारी’मालगानी गरेका छन् । ‘कबड्डी’का लेखक उपेन्द्र सुब्बा हुन् । त्यसैले ‘कबड्डी’का अधिकांश दर्शकले यो सिनेमा हेर्ने धेरैको अपेक्षा छ । ‘जारी’ लिम्बू समुदायमा रहेको जारी प्रथामा केन्द्रित चलचित्र हो । अन्य समुदायमा रहेको जारी प्रथा र लिम्बू समुदायमा रहेको जारीप्रथा भने फरक छ ।
खासमा जारको अर्थ श्रीमती पोहिला गए पछि पहिलाको श्रीमानले आफ्नी श्रीमती भगाउने पुरुषसँग क्षतिपूर्तिस्वरुप दाबी गर्ने पैसा हो ।तर, लिम्बू समूदायमा भने यसको अर्थ फरक रहेको उपेन्द्र बताउँछन् । उनका अनुसार लिम्बू समूदायमा जारी भनेको महिलालाई दिइएकोविशिष्ट अधिकार हो ।
लिम्बू समूदायमा जारी जारले नभएर केटीको माइती पक्षले तिर्नुपर्छ । छोरी आफ्नै श्रीमानको अपहेलनामा परेकोखण्डमा प्राकृतिक रूपमा श्रीमान रोज्न पाउने उसको अधिकार हनन् भए माइती पक्षले जारी तिरिदिएर छोरीलाई अर्को श्रीमान् रोज्नपाउने प्रचलन रहेको उनी बताउँछन् ।
कथा मन परेकैले आफूले निर्देशन गरेको उपेन्द्र बताउँछन् । आफू निर्देशकभन्दा पनि साहित्यकार भएको र साहित्यमै रमाइरहेको भन्दै उनीकेही फरक कथा भन्ने रहरले निर्देशनमा हात हालेको उनले बताए । ‘म एउटा राम्रो कथा भन्न सक्छु भनेर आएको हुँ । म राम्रो निर्देशक हुँभनेर आएको होइन । साहित्यकार भएकाले कथा भन्न सक्छु भन्ने आँट गरेको हुँ,’ उनी भन्छन्, ‘म राम्रो निर्देशक हुँ भनेर सिनेमा निर्देशनगर्न आएको होइन । आइरहेका भन्दा फरक कथा भनौँ भनेर आएको हुँ ।’
लिम्बू समूदायमा बुढाबुढीबीच सामान्य घरझगडा हुँदा पनि माइत जाने चलन रहेको स्मरण गर्दै उपेन्द्र सूर्तीको विषयलाई लिएर पनिझगडा हुँदा माइत गइहाल्ने परम्परा रहेको बताउँछन् । यो हाम्रो सिनेमामा छ ।
माइत गएकी श्रीमतीलाई लिन ससुराल गएको ज्वाईँलाई बोलीबचनले नबिझाउने तर हलो जोताउनेदेखि भारी बोकाउनेसम्म गराएर अबज्वाईं सुध्रियो भनेपछि मात्रै छोरी घर पठाउने चलन लिम्बू समुदायमा छ । छोरी पुर्याउने बाहाना ठूलो संख्यामा ससुरालीबाट छोरीको घरआउने र दिक्क लगाउने गरी हप्तौं दिन मेजमानीमा बस्ने चलन रहेको र यिनै संस्कृति र संस्कार सिनेमाले देखाउने उपेन्द्र स्पष्ट पारिसकेका छन् ।
उपेन्द्रले टिजर कवितात्मक लयमा सार्वजनिक गरेका थिए । ‘जारी’को ट्रेलर सार्वजनिक भएपछि यसलाई धेरैले मन पराए । ट्रेरसार्वजनिक कार्यक्रममा उनले नयाँ पुस्ताले भुल्न लागेको संस्कार सिनेमामा देखाउन खोजेको बताएका थिए । ‘अहिलेको समुदाय युट्युबर किटकटको समयमा छ । अमेरिकामा के खान्छन्, के लाउँछन् र के गर्दैछन् थाहा पाउने भए,’ उनी भन्छन्, ‘त्यसैले हाम्रो यो संस्कार रसंस्कृति के हो । हाम्रो संस्कार यस्तो छ भनेर मैले जारी बनाएको हुँ ।’
बहुविवाहको वकालत त सिनेमाले नगर्ने तर महिला अधिकारको कुरा भने गर्ने उपेन्द्रले स्पष्ट पारेका छन् । अहिलेको समयमा महिलाहरूआफ्नै श्रीमान्बाट पीडित तथा अपहेलित भएर बस्नु हुँदैन भन्ने सन्देश भने सिनेमाले दिने उनी प्रष्टैसँग भन्छन् ।
पछिल्लो पुस्ताले अनुभूत गर्न छोडिसकेका कतिपय कुरा सिनेमाले देखाउने र त्यही लोभका कारण आफूले निर्देशकीय चुनौती मोलेकोउनी बताउँछन् । भाषा र संवाद लेखनमा राम्रो पकड भएका उपेन्द्रको सिनेमा ‘जारी’ ट्रेलरजस्तै रुचाइन्छ अथवा होइन त्यो त थाहा छैन ।तर, सिनेमा हलले भने विश्वास गरेका छन् । उपलब्ध शोजमा दर्शकको विश्वास पनि देखिएको छ ।