विपश्यनामा आमिर खान


Published On : 8 May, 2023 4:22 pm

द सिनेमा टाइम्स, काठमाडौं ।बलिउड नायक आमिर खान नेपाल आइपुगेका छन् । उनी, आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सबाट नेपाल आइपुगेका हुन् ।

आमिर १० दिनसम्म नेपालमा रहनेछन् । उनी बुढानिलकण्ठमा रहेको विपस्यना  ध्यान केन्द्रमा ध्यान साधना गर्न नेपाल आएका हुन् ।

आमिर विमास्थलबाट सोझै ध्यान केन्द्रमा पुगेका छन् । विपश्यनामा मौन रहनुपर्ने, सांकेतिक भाषामा समेत कुरा गर्न नपाइने, मोबाइल फोन लैजान नपाइने नियम छ । आमिरले पनि यी नियमलाई पालना गर्नुपर्ने हुन्छ । आमिर यसअघि पनि नेपाल आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्