‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स परिवर्तन
Published On : 7 May, 2023 4:24 pm
द सिनेमा टाइम्स, काठमाडौं । बिहिबारदेखि रिलिजमा आएको सिनेमा ‘ज्याकीः आई एम ट्वान्टी वान’ले ३ दिने विकेन्डमा औषत व्यापार गरेको छ । सिनेमा हेरेर फर्किएका दर्शकले यसको कथावस्तुलाई नयाँ भन्दै प्रशंसा गरेका छन् । यसैले, पनि आगामी दिनमा दर्शकको साथ पाउनेमा निर्माणपक्ष विश्वस्त छ ।
सिनेमाको क्लाइमेक्समा भने दर्शकले असन्तुष्टी जनाएका थिए ।सिनेमा हेरेर फर्किएका दर्शकले यसको क्लाइमेक्स अपूर्ण भएको भन्दै निर्माणपक्षसँग असन्तुष्टी जनाएका थिए ।
अब, दर्शकले परिवर्तन भएको क्लाइमेक्ससहित सिनेमा हेर्न पाउनेछन् ।निर्देशक रेनशा वान्तवा राईले क्लाइमेक्समा परिवर्तन गरेको बताएकी छन् ।
उनले भनिन्–‘हामीले दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेका छौं । धिरज मगर, जसिता गुरुङले पनि अब दर्शकले क्लाइमेक्सलाई रुचाउने बताए ।