‘पशुपति प्रसाद-२ भष्मे डन’को ५६ दिनमा सकियो छायांकन
Published On : 18 May, 2023 5:26 pm
द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘पशुपति प्रसाद-२ भष्मे डन’को छायांकन सकिएको छ । दीपेन्द्र के खनालले निर्देशन गरेको सिनेमा ‘पशुपति प्रसाद-२ भष्मे डन’को छायांकन ५६ दिनमा सकिएको हो ।
खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको सिनेमामा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, आँचल शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् ।

आउँदो दसैंको फूलपातीमा सिनेमा रिलिज हुने निर्माण पक्षले यसअघि नै बताइसकेको छ । सातवर्ष अगाडि निर्माण भएको सिनेमा ‘पशुपति प्रसाद’ले दर्शक र समीक्षक दुवैबाट राम्रो प्रतिक्रिया पाएको थियो । ‘पशुपति प्रसाद-२ भष्मे डन’ वर्षकै प्रतिक्षित सिनेमा बनेको छ ।