‘फर्की फर्की’मा अनमोल र जसिता
Published On : 20 May, 2023 10:06 am
द सिनेमा टाइम्स, काठमाडौं – स्टार नायक अनमोल केसीले नयाँ सिनेमा साइन गरेका छन् । ‘फर्की फर्की’ नामक सिनेमामा दर्शकले उनको अभिनय देख्न पाउने भएका छन् ।

हित अधिकारीको निर्माण रहने ‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गर्नेछन् । सिनेमाको कथा पनि निर्देशक स्वयंले लेखेका हुन्।
सिनेमामा अनमोलको अपोजिटमा जसिता गुरुङ फाइनल भइसकेको रोहितले बताएका छन् । अन्य कलाकार लिन बाँकी रहेको उनले बताए ।
‘गाजलु’ र ‘छ माया छपक्कै’ निर्माण गरिसकेका रोहितले यही वर्ष तीनवटा सिनेमा निर्माणको घोषणा समेत गरेका छन् ।
तीनवटै सिनेमा रोहित अधिकारी फिल्म्स, ओएसआर र हिमालय टिभीको संयुक्त लगानीमा निर्माण हुने रोहितले बताएका छन् ।
सह-निर्माणमा मनोज कुमार ओली र रामु न्यौपाने रहने उनले जानकारी दिएका छन् । तीनवटै सिनेमाको छायांकन यसै वर्ष सक्ने रोहितले बताएका छन् ।