के कुरा भयो दीपक र मन्त्री किराँतीबीचको भेटमा ?
Published On : 26 May, 2023 10:25 pm
द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दीपकराज गिरीको मौलिक बस्ति निर्माणको योजनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदनकिराँतीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सुदन आफैँले दीपकको योजनाप्रति चासो देखाउँदै सहयोग गर्ने प्रतिबद्धतना जनाएकाहुन् ।

आफू पनि नेपालमा नेपालको इतिहास र पौराणिकता झल्किने नमूना गाउँ निर्माणको योजना बनाइरहेको र दीपकराज गिरीबाट आफूलेसोचेजस्तै योजना आउँदा आफूलाई खुसी लागेको भन्दै उनले सहयोगको आश्वासन दिएका हुन् ।
काठमाडौंमा नमूना गाउँ निर्माण गर्न जग्गा अभावका कारण असम्भवजस्तै रहेको भन्दै मन्त्री किरातीले दीपकलाई के सहयोग चाहिने होत्यसका लागि सहयोग गर्न आफू तयार रहने बताएका दीपकले बताएका छन् । दीपकले सुदनमा देश विकासको हुटहुटी रहेको आफूलेपाएको पनि बताएका छन् ।
दीपक चन्द्रागिरि नगरपालिका–१ दहचोकमा मौलिक परम्परागत शैलीका घर निर्माणमा जुटिसकेको छन् । स्थानीयसँग प्रतिबद्धतालिएर उनले गाउँमा एकै प्रकारका घर बनाउन लागेका हुन् । जसको उद्धे्रश्य पर्यटन प्रवद्र्धन र सिनेमा छायांकन रहेको उनको भनाइ छ ।
पूर्वाधार निर्माणको काम सुरु भइसकेको छ । चन्द्रागिरि नगरपालिका र सहरी विकास मन्त्रालयको सहयोगमा केही समय पहिलादेखि नैपूर्वाधार निर्माणको काम भइरहेको छ ।
गाउँमा सुरुमा ९/१० वटा एकै प्रकृतिका परम्परागत घर बन्नेछन् । व्यक्तिगत खर्चमा आफ्नै जग्गामा स्थानीयले घर बनाउने भएकालेयसका लागि केही समय भने लाग्नेछ । तर, पनि कम्तीमा ३० वटा घर एकै खालका बन्ने उनको भनाइ छ ।
एक दशक अगाडि इटालीको टुरिनमा गएका बेला त्यहाँ गाउँभरी देखेका एकै प्रकारका घरले आफूलाई यो योजनामा अगाडि बढाउनप्रेरित गरेको दीपकले बताएका छन् ।