नेपाल ‘ह्यान्डसम र ‘ब्युटिफुल’को देश – केपी ओली

नेपाल ‘ह्यान्डसम र ‘ब्युटिफुल’को देश – केपी ओली

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘ह्यान्डसम र ब्युटिफुल’को सुन्दर देश भनेका छन् ।

शुक्रबार राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजित दोस्रो फान अवार्डमा प्रमुख अतिथिस्वरूप पुगेका ओलीले नेपाली सिनेमा र बलिउडलाई पनि जोड्ने बताए ।

साथै, यसपटकको भारत भ्रमणमा नेपाली कलाकारलाई पनि सँगै लैजाने ओलीले घोषणा गरे । उनले त्यहाँ बलिउडकर्मीसँगको डिनर भेट रहने र भेटमा नेपालमा सिनेमा छायाँकनको लागि प्रस्ताव पनि गरिने बताए । उनले भने ‘नेपाल प्रकृतिक सुन्दरताले भरिपूर्ण छ । सिनेमा राम्रो बनाउन राम्रो क्यामराले मात्र पुग्दैन । त्यसको लागि दृष्ट पनि चाहिन्छ । र त्यो हाम्रो देशमा छ ।’

ओलीले नेपाली मेकरलाई कथाको माग अनुसार भन्दा पनि देश र समयको माग अनुसार सिनेमा निर्माण गर्न आग्रह गरे ।