‘१२ गाउँ’को दोस्रो गीत ‘कसो कसो’मा समीर र सोनुको रोमान्टिक अवतार

‘१२ गाउँ’को दोस्रो गीत ‘कसो कसो’मा समीर र सोनुको रोमान्टिक अवतार

द सिनेमा टाइम्स
574
Shares

द सिनेमा टाइम्स, काठमाडौं । एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’को दोस्रो गीत ‘कसो कसो’ सार्वजनिक भएको छ । बलिउड संगीतका निरज सिंहको कम्पोज तथा सुवास चन्द्र ढुंगेलको शब्द रचना र सुगम पोखरेल अनि सदिक्षा कट्टेलको स्वर सार्वजनिक गीतमा सुन्न सकिन्छ ।

सौरव लोखन्डेको संगीत प्रोडक्सन तथा एरेञ्ज रहेको गीतमा निरज सिंह र रेवन आरती सिंहको संगीत सुपरभाइजर र साउण्ड डिजाइन रहेको छ । सिनेमाको गीतमा सिनेमाका मुख्य अभिनेता तथा विराजका छोरा समीर भट्ट र सोनु चन्द्रपाल फिचर्ड छन् । रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा समीर र सोनुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

यो सिनेमाबाट समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।