रुपेश तामाङको ‘एक्का तीन’मा कविता नेपालीको प्रवेश

रुपेश तामाङको ‘एक्का तीन’मा कविता नेपालीको प्रवेश

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रुपेश तामाङको निर्देशनमा निर्माण हुने नयाँ सिनेमा ‘एक्का तीन’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । पुष्प खड्का र पूजा शर्मा अनुबन्धित भइसकेको सिनेमामा अर्की अभिनेत्री कविता नेपालीको प्रवेश भएको हो । उनीसँग सोमबार निर्देशक तामाङले लिखित सम्झौता गरेका छन् । साउन ४ गते सोमबार कविताको जन्मदिन पनि परेको थियो ।

निर्देशक तामाङले ‘एक्का तीन’ एक्सन जनरामा निर्माण हुने भएकाले कविताको एक्सन पनि दर्शकले रुचाएका कारण सिनेमामा अनुबन्धित गरिएको बताए । उनका अनुसार सिनेमामा कविता एक्सन भूमिकामा देखिनेछिन् । सिनेमामा पूजा र कविताबीच कडा टक्कर हुने उनको भनाई छ । दुवैले सिनेमाका लागि एक्सनको तालिम समेत लिने निर्देशक तामाङले बताए ।

तीन पात्रको कथामा निर्माण हुन लागेको सिनेमा जुना फिल्मस् र अधिरा फिल्मस्‌को ब्यानरमा निर्माण हुनेछ । सिनेमाको पटकथा तथा संवाद सुमन गजमेरले तयार पारेका छन् । उनले यसअघि ‘रंगी’ लेखेका थिए । आगामी भदौबाट छायांकनमा जाने सिनेमाको दोस्रो श्रृंखला निर्माण गर्ने योजना निर्माण पक्षले बनाएको छ ।