११ लाख क्षतिपूर्तिसँगै ‘कृ’ विवाद मिल्यो

११ लाख क्षतिपूर्तिसँगै ‘कृ’ विवाद मिल्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गीत चोरीको आरोपमा हिरासतमा पुगेका ‘कृ’ निर्माता सुवास गिरी मुक्त भएका छन् । ‘सम्झना’ निर्देशक शम्भू प्रधानलाई ११ लाख क्षतिपूर्ति तिर्ने गरि निर्माता गिरी र निर्देशक प्रधानले मिलापत्र गरेका हुन् ।

२०४० सालमा प्रदर्शनमा आएको ‘सम्झना’ सिनेमामा समावेश ‘उकालीमा पछी पछी…’ गीत अनुमतिबिना ‘कृ’मा समावेश गरिएको भन्दै प्रधानले केहि दिन अगाडी महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका थिए । मंगलबार निर्माता गिरीलाई प्रहरीले सोधपुछका लागि हिरासतमा बोलाएको थियो । हुनत प्रधानले उक्त उजुरी भुवन केसी विरुद्द दिएका थिए । तर, ‘कृ’ सिनेमा सुवास गिरीको नामबाट दर्ता भएको पाइएपछी गिरीलाई हिरासतमा लगिएको थियो ।

अब गिरीले प्रधानलाई ११ लाख क्षतिपूर्ति दिने र युट्युबमा सिनेमा रिलिज हुँदा ‘उकालीमा अघि अघि…’ हरफ काट्नु पर्नेछ । तर, ओभरसिज रिलिजमा भने गीत यथावत नै रहनेछ ।

यो गीतका अर्जिनल संगीतकारको नाम रञ्‍जित गजमेर हो । भने, रिमेकमा अल्मोडा राना उप्रेतीको नाम छ । त्यस्तै गीतको ओर्जिनल शब्द, गायक, गायिका क्रमस: रञ्‍जित गजमेर, उदितनारायण झा र दीपा झा हुन् । रिमेकमा भने अल्मोडा राना र सविन एकतारे छन् । त्यस्तै रिमेकमा स्वर अल्मोडाकै रहेको छ ।