प्रर्दशनको एकसय २७ दिन मै युट्युबमा आयो ‘छक्का पन्जा’, पाइरेसीले बनायो बाध्य

प्रर्दशनको एकसय २७ दिन मै युट्युबमा आयो ‘छक्का पन्जा’, पाइरेसीले बनायो बाध्य

द सिनेमा टाइम्स
0
Shares

सर्बाधिक बक्स अफिस कलेक्सन गर्न सफल र कयौं रेकर्ड राखेको एतिहासिक सिनेमा ‘छक्का पञ्जा’ युट्युवमा रिलिज भएको छ । नेपाली पर्दाहरुमा भदौ २४ गते रिलिज भएको यो फेसबुक मार्फत पाइरेसी भएपछी निर्माण युनिटले बाध्य भएर युट्युव रिलिज गरेको हो ।

दिपाश्री निरौला डेब्यु निर्देशित ‘छक्का पञ्जा’ले नेपाल बक्स अफिसमा झन्डै १६ करोड ६० लाख माथीको कलेक्सन गरेको छ । प्रदर्शनको एक सय प्लस दिन पुरा गर्दै यो फिल्म हाल सम्म पनि केहि हलमा प्रर्दशनरत छ ।

Watch Full Movie Chhakka Panja Here:

युरोपमा फिल्म प्रर्दशन गर्न दिपक र दिपा उतै थिए, यहि बेला यहाँ फिल्म पाइरेसी भयो यो कुरा दीपकले समेत स्ट्याटस लेखि स्वीकारे । दुवै जना भ्रमण छोट्याएर नेपाल फर्किंदै पनि छन् । पाइरेसी गर्नेलाई कानुनी कारबाही गरिने र केहि व्यक्ति पक्राउ समेत गरिएको जानकारीमा आएको छ ।

पाईरेसी र युट्युव रिलिज भए स्नागे बिदेशका प्रर्दशनहरु रोकिने देखिन्छ । यसअघी प्रेम गीत, ड्रिम्स लगायत फिल्महरु समेत पाइरेसीको मारमा परेका थिए । ‘छक्का पञ्जा’ मा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, बर्षा राउत, नम्रता सापकोटा, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।

पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा राजनराज सिवाकोटी र दिपक शर्माको संगीत छ ।