‘तीन तीघ्रे क्या बिग्रे’को मुख्य भूमिकामा बेगम र प्रभात अनुबन्धित

‘तीन तीघ्रे क्या बिग्रे’को मुख्य भूमिकामा बेगम र प्रभात अनुबन्धित

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अमरदीप सापकोटाको निर्देशनमा निर्माण हुने सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’को मुख्य भूमिकामा कमेडियनद्धय बेगम नेपाली र प्रभात लामा अनुबन्धित भएका छन् । टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ लोकप्रिय बनेका बेगम पहिलो पटक ठूलो पर्दामा अभिनेताको रूपमा देखिने भएका हुन् ।

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’मा मुख्य भूमिकामा अनुबन्धित भएपछि उत्साहित देखिए । यता सिनेमाको मुख्य भूमिकामा अनुबन्धित भएपछि अर्का अभिनेत तथा कमेडियन प्रभात लामाले सिनेमा अभिनयलाई लिएर निकै उत्साहित रहेको बताए । सिनेमाको छायांकन केही दिनमा सुरु हुनेछ । सिनेमाका निर्माता रघुनाथ सापकोटा हुन् ।

निर्माता सापकोटाका अनुसार सिनेमामा नेपाली मनोरञ्जन क्षेत्रका चर्चित र लोकप्रिय कलाकारहरूको सशक्त उपस्थिति रहनेछ । यो सिनेमाका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायांकनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन् ।

यसअघि नै सिनेमाका लागि चर्चित गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, कलाकार समिया कार्की मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने निर्देशक अमरदीप सापकोटाले बताए ।